तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

सर्वोच्च अदालतमा आज अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनसँग सम्बन्धित रिट परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रवक्ता कोइरालाका अनुसार अदालतमा अरू निवेदनहरू पनि पेश हुने क्रममा रहेका छन् ।

रिटहरू अध्ययनकै क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्ने प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेपछि बन्द रहेको अदालतमा आजबाट नयाँ मुद्दा दर्ता सुरु भएको हो । 

जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गत भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button