इलाममा पक्की पुल बगिएपछि काठको अस्थायी पुल सञ्चालनमा
इलाम। अविरल वर्षा र पहिरोले मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत इलाम–११ सोयाक र भाङटार जोड्ने पक्की पुवा खोला पुल बगाएको छ। यस घटनाले स्थानीयवासी, विद्यार्थी र यात्रुहरूको दैनिक आवत–जावतमा ठूलो कठिनाइ सिर्जना गरेको थियो।
बगिएको पुलको स्थानमा स्थानीयवासी र नेपाल सेनाले संयुक्त श्रमदानमार्फत अस्थायी काठको मोटरेबल पुल निर्माण गरेका छन्। हाल उक्त काठको पुल पैदल र साना सवारीसाधनका लागि सञ्चालनमा छ र आवत–जावतको सुविधा प्रदान गर्दै आएको छ।
स्थानीय रोशन रायले भने, “बाढीले पक्की पुल बगाएपछि हाम्रो जीवन कठिन भएको थियो। नेपाली सेनाको सहयोग र हाम्रो श्रमदानले बनेको काठको पुलले अहिले सबैको आवत–जावत सहज बनाएको छ।”
गत भदौ ४ मा भारत सरकारको सहयोगमा ४८.८ मिटर लामो स्थायी पुल निर्माण गरिएको थियो। उक्त पुल नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्