जापानद्वारा नेपाललाई एक सय ३२ रनको लक्ष्य
काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोट खेलमा जापानले नेपाललाई जितका लागि १३२ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पार्यो ।
जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान दिए । त्यसैगरी इसाम रहमानले ३१ तथा बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।
नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
प्रतिक्रिया राख्नुहोस्