तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडाैँ। जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल गर्न एकीकृत समाजवादी पार्टीको सचिवालय समितिको बैठक सुरु भएको छ ।

आजको बैठकले पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गरिने जनाइएको छ ।

बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीति घटनाक्रम, समाजवादी मोर्चामा आबद्ध दलहरूबिचको एकता र आगामी निर्वाचनलगायतका विषयमा छलफल हुने एजेन्डा रहेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

पार्टीको बैठक बसेको स्थान भने गोप्य राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button