तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको थियो । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button