मालपोत कार्यालय कास्कीको सबै सेवा अनिश्चितकालका लागि बन्द
कास्की । मालपोत कार्यालय कास्कीले सबै सेवा बन्द भएको जनाएको छ । आज एक सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गर्ने जनाएको हो ।

अभिलेख विभाग मालपोत कार्यालय कास्कीले जेन जी आन्दोलनबाट आगलागी भई कार्यालयका भौतिक संरचना लगायतका महत्त्वपूर्ण कागजातहरू जली नष्ट भएको छ । कार्यालयको भवन समेत जलीनष्ट भएको अवस्थामा नयाँ संरचना समेत निर्माणाधीन अवस्थामा रहेकोले, कार्यालयबाट सेवा प्रवाह गर्न थप केही समय लाग्ने हुनाले अर्को सूचना जारी नभएसम्मका लागि यस कार्यालयबाट सेवा प्रदान गर्न नसकिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ। जारी सूचनामा भनिएको छ । यस अघि निकालिएको सूचना कास्कीका जग्गाधनीहरूले आफ्नो जग्गाको किटानी सिफारिस गर्नुपर्ने गर्नुपर्ने भनिएको थियो ।

मालपोत कार्यालय कास्कीको भौतिक संरचनासहित सम्पूर्ण अभिलेख जलेर नष्ट भएकाले जग्गा धनीलाई किटानी सिफारिस गर्न सूचना जारी गरिएको थियो । जसम ११ वटा सिफारिस साथ जग्गाधनी स्वयम् कार्यालय उपस्थित हुनुपर्ने भनिए पछि चौतर्फी विरोध भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्