बाढीको पानीमा डुबेर बालकको मृत्यु
महोत्तरी । महोत्तरीमा बाढीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ का ११ वर्षीया सलमान साफी रहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउसो नुहाउन गएका साफीको जलेश्वरको परिक्रमा गाछि नजिकै बाढीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउसो १ बजे डुबेको खबर आएपछि पानीमा बालकलाई खोज्न प्रहरी परिचालन भएको थियो । प्रहरीले मृत अवस्थामा बालकलाई फेला पारिएको प्रहरीले जनाएको छ ।
महोत्तरीको रातु नदीले बाँध बगाएर पानी जलेश्वर प्रवेश गरेपछि खाल्डाहरूमा पानी जमेको छ ।
प्रतिक्रिया राख्नुहोस्