तपाईँ सुन्दै हुनुहुन्छः

पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै

उदयपुर,गाईघाट ।  बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् । 

आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आ–आफ्नो घर फर्कन थालेका हुन् । 

बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरूलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटीहलमा राखिएको थियो । बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन सामान्य बन्दै गएको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button