मौसम सुधार भएसँगै ताप्लेजुङमा आएका पर्यटकहरू गन्तव्यतर्फ लागे
ताप्लेजुङ । मौसममा सुधार आएसँगै ताप्लेजुङको विभिन्न स्थानमा रोकिएको पर्यटकहरू गन्तव्यतर्फ लागेका छन् । जिल्लाको पर्ययटकिय क्षेत्रको अवलोकनका लागि आएका पर्यटकहरू अहिले हिमाली बस्तीहरू देखि आज बिहान गन्तव्यतर्फ लागेका हुन ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चजंघा लगाएको विभिन्न हिमश्रङ्खलाको अवलोकन तथा आरोहणमा आएका पर्यटकहरू सदरमुकाम फुङलिङ,लेलेपको ग्याब्ला,फले,घुन्सा,खाम्बाछेन, याम्फुदिनबाट गन्तव्यमा लागेको स्थानीय होटल ब्यवासायीहरुले बताएका छन् ।

कञ्चनजङ्घा क्षेत्रमा अहिले ७५ जना बढी विदेशी पर्यटकहरू पुगेका कञ्जनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्साका पर्यटक सहायक टाँसी शेर्पाले जानकारी दिनुभयो । एकजना विदेशको पर्यटकलाई सहयोगका लागि एक जना पथप्रदर्शक एक भरिया गरी दुई जना हुने गरेको छ । पर्यटन व्यवसायी घर्के शेर्पाका अनुसार यो सिजनमा आएका दुई ग्रुपले कुम्भकर्ण हिमाल र पाथीभरा हिमालको आरोहणको तयारीमा रहेको बताउनुभयो ।

मौसम विभागले ताप्लेजुङमा पनि भारी वर्षाको सम्भावना रहेको भन्दै सूचना जारी गरेपछि पर्यटकहरूलाई हिमाली पदयात्रामा रोक लगाइएको थियो । कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी पर्यटकहरूको पनि बाक्लो उपस्थित देखिएको समेत व्यवसायी शेर्पा बताउनहुन्छ । यता फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अवलोकन तथा पूजा गर्न मात्र दुई बढी पर्यटक आएको समेत व्यवसायी शेर्पा बताउनुहुन्छ । नेपालको विभिन्न क्षेत्र सहित भारत र भुटानको नागरिकहरू पनि फक्ताङलुङ दर्शनका लागि आइरहेका छन् । फक्ताङलुङ किराँत धर्मलम्बवीहरुले पवित्र स्थलको रुपमा लिने गरेका छन् ।

कञ्चनजङ्घा पुग्नकालागि पाँचथरको गणेश चोकबाट यम्फुदिनसम्म गाडीबाट यात्रा गर्न सकिए पनि सो भन्दा माथी पैदल यात्रा तय गर्नु पर्ने हुन्छ । कञ्चनजङ्घा हिमालको माथिल्लो आधार शिविरमा पुग्नका लागि नयाँ झोरेनी,झन्डे डाँडा,दुन्दु डाँडा,चेराम,रामजेर,ओक्ताङ सम्म पुग्दा ४ हजार ९ सय मिटरको उचाइमा पुन्न सकिन्छ । भने ७ हजार ४ सय १२ मिटरको उचाइमा रहेको कब्रुल,कञ्चनजङ्घा साउथ, कञ्चनजङ्घा सेन्टल र ८ हजार ५ सय ८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमालमा पूर्वमा पुग्न सकिन्छ ।
यता ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तापेथोक सम्म गाडी यात्रा पछि लेलेप,आम्जिलेसा,ग्याब्ला,फले,घुन्सा, खाम्बाछेन,लोनाकसँगै उत्तरी बेसक्याम्पमा पुग्न सकिन्छ । मौसम प्रतिकुल भएसँगै जिल्ला धेरै स्वदेशी तथा विदेशी पर्यटकहरू शनिबार र आइतबार पर्यटकीय बस्तीहरूमा रोकिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्