तपाईँ सुन्दै हुनुहुन्छः

दशैं मेलामा झडप हुँदा ३ युवा घाइते

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–२, छतारामा आयोजित दशैंमेला विशेष देउडा कार्यक्रममा दुई पक्षबिच झडप हुँदा तीन जना घाइते भएका छन् । बिहीबार राति भएको उक्त झडपमा त्रिवेणी–३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बायाँ पाखुरामा चोट पुगेको छ । त्यस्तै, तपेश साउँदको दाहिने हातमा चोट लागेको छ । तीनै जना घाइतेहरूलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयो ।

घटनामा संलग्न मध्य त्रिवेणी–५ का २० वर्षीय तेज बुढालाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य झडपमा संलग्न दोषीको खोजी कार्य हुनुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button