तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमै फोरजी सेवा सुरु, गौमुलवासी खुशी

बाजुरा। नेपाल टेलिकमले बाजुराको गौमुल गाउँपालिका–१ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गालीसहित वडा नं. २ का विभिन्न गाउँमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

थुप डाँडामा निर्माण गरिएको नयाँ टावरमा आवश्यक उपकरण, सोलार प्यानल, ब्याट्री र विद्युत् आपूर्ति प्रणाली जडानपछि नियमित सेवा सुरु भएको हो ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले भौगोलिक विकटता र प्राविधिक चुनौतीका कारण ढिलो भए पनि लामो प्रयासपछि स्थानीयलाई फोरजी सुविधा उपलब्ध भएको बताए । “सबै टोलसम्म अझै सेवा पुगेको छैन, तर विस्तारै विस्तार गर्ने योजना छ,” उहाँले भन्नुभयो ।

उपाध्यक्ष सीता थापाले सञ्चार पहुँच सहज बनाउन फोरजी सेवाले ठूलो लाभ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहका अनुसार, उपकरण ढिलाइका कारण सेवा सुरु गर्न ढिलो भए पनि स्थलगत अवलोकनपछि समस्या समाधान गरिएको हो ।

गाउँमै निरन्तर फोन र फोरजी सेवा उपलब्ध भएपछि सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको भन्दै स्थानीयवासी हर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button