तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पटक–पटक ढुङ्गा खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोलानजिकको पहिरो हटाइएपछि आज साँझ ५ः३० बजेबाट सडक सुचारु गरिएको हो। यसअघि सडक एकतर्फी मात्र सञ्चालनमा थियो।

जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार दिउँसो १ देखि ३ बजेसम्म सवारी रोक्दै पहिरो पन्छाउने काम गरिएको थियो। सफाइपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।

सडक खुलेसँगै अवरुद्ध सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालकहरूलाई लेन अनुशासनमा रही यात्रा गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button