तपाईँ सुन्दै हुनुहुन्छः

ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो

भादगाउँ।  नवरात्रीका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानै देखी भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन घर घरको पूजा कोठामा दुर्गा भवानीलाई आह्वान गरी जमरा राख्न ब्रम्हामायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजा आराधना गरी जमरा राख्न पाँगो माटो र खोलाको जल लिन भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ  ।

आजैदेखि शक्तिपिठ बाहेक यहाँको दरबार स्क्वायरको तलेजु र काठमाडौँ स्थित एकान्त कुमारी देव गृहमा पनि मेला लागेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात पनि सुरु भएको छ ।

 नवरातको समयमा नौ दिनसम्म क्रमशः भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरा सुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button