तपाईँ सुन्दै हुनुहुन्छः

जेन जी आन्दोलनमा भवन ध्वस्तभएपछि प्राङ्गणबाटै सेवा दिँदै प्रहरी वृत्त सातदोबाटो

काठमाडौँ I नेपालमा भएको जेन जी आन्दोलनको क्रममा गत भदौ २४ गते प्रदर्शनकारीहरूले देशभरका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए।

यसै क्रममा ललितपुरको व्यस्त क्षेत्र सातदोबाटोमा रहेको प्रहरी वृत्त पनि आन्दोलनकारीको निशानामा पर्‍यो। प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोडका कारण ठूलो भौतिक क्षति भएको छ।

प्रहरी वृत्तमा भएको आगजनी र तोडफोडबाट कार्यालयको सम्पूर्ण संरचना ध्वस्त भएका छन् । प्रदर्शनकारीहरूले भवनभित्र प्रवेश गरी कम्प्युटर, फर्निचर, र महत्त्वपूर्ण कागजातहरूमा क्षति पुर्‍याएका थिए। यस घटनाले त्यस क्षेत्रको सुरक्षा व्यवस्थामा केही समयका लागि गम्भीर असर परेको प्रहरी वृत्तमा कार्यरत इन्स्पेक्टर सुवास केसीले बताउनुभयो । आक्रमणबाट भवन ध्वस्त भएपनि प्रहरीले तत्कालै आफ्नो प्राङ्गणबाट सेवा सुचारु गरेको केसीले बताउनुभयो । हाल, प्रहरी कर्मचारीहरूले क्षतिग्रस्त भवनमै रहेर सेवा दिइरहेका छन् । 

पुन:र्निर्माणमा जुट्दै कलाकार किरण के.सी.

पूर्ण रूपमा ध्वस्त भएको कार्यालयको पुनर्निर्माणका लागि आवश्यक काम अगाडि बढाइएको छ । चर्चित कलाकार किरण केसी सक्रिय भएर प्रहरी वृत्तको पुन निमार्णमा लागेका छन्। स्मरणीय छ, यही प्रहरी वृत्त १२ वर्षअघि पनि उनकै पहलमा विभिन्न दाताहरूबाट सहयोग उठाएर निर्माण गरिएको थियो। यसरी, आफूले बनाएको संरचना दोस्रो पटक पुनर्निर्माण गर्न उनी फेरि अगाडि आएका छन्। उनले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण कार्यमा योगदान पुर्‍याइरहेका छन् । 

यो कार्यले सार्वजनिक सम्पत्तिको सुरक्षामा नागरिकको जिम्मेवारी बढाएको र प्रहरी तथा जनताबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button