मधेस प्रदेशसभा बैठक असोज ७ गते बोलाउने सर्वदलीय सहमति
जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक असोज ७ गते मङ्गलवार बोलाउने सर्वदलीय सहमति भएको छ । मधेस प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले असोज ७ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाउने सहमति भएको नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक ई.कनिष पट्टेलले जानकारी दिनुभयो ।

सङ्घीयताको विषयमा विभिन्न खालको टिप्पणीहरू भइरहेको समयमा मधेश प्रदेश सभामा रहेका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनुका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक आव्हान गर्ने निर्णय भएको सभामुख मण्डलले बताउनुभयो ।
जेन–जी आन्दोलनको क्रममा मधेस प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारणले ३० देखि ४० करोड क्षति भएको वेलामा क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मरम्मत गरेर प्लाष्टिकको कुर्सीमा प्रदेश सभाको बैठक गर्ने सहमति भएको छ ।
बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह लगायतका विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्