तपाईँ सुन्दै हुनुहुन्छः

 खसीबोका मोलमोलाइमा विवाद हुँदा एकजनाको मृत्यु 

बाँके । नेपालगन्ज–५ बेहनाटोलमा खसीबोकाको मोलमोलाइ गर्ने क्रममा ग्राहक र बिक्रेताबिच विवाद हुँदा भएको झडपमा एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय जाँगिर अलि बेहना रहेका छन् । नातेदारबिच भएको विवादले हिंसात्मक रूप लिँदा घाइते भएका बेहनाको उपचारका क्रममा शुक्रबार मध्यान्ह २ बजे भेरी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार मोलमोलाइकै विषयमा सालाभेनाबीच विवाद हुँदा झडप भएको थियो ।

शुक्रवार बिहान भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुस्ताक अलि बेहना, इसराक अलि बेहना, चाँद बाबु बेहना र सेराज अलि बेहना रहेका छन्। बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ र थप संलग्नताको विषयमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button