तपाईँ सुन्दै हुनुहुन्छः

दुई महिनामा ताप्लेजुङको पाथीभर(मुक्कुम्लुङ)मा साढे २० लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित पाथीभर (मुक्कुम्लुङ)मा आर्थिक वर्षको सुरुवातको दुई महिनामा साढे २० लाख बढी भेटी सङ्कलन भएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को सुरुवात दुई महिना साउन र भदौमा २० लाख ३६ हजार भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार दुई महिनामा ६६ सय ४९ जान तीर्थयात्री दर्शन गरेका छन् । गत भदौ महिनामा ४५ सय ३ जना तीर्थालुले पाथीभरा मन्दिरको दर्शन गर्दा ९ लाख ९७ हजार रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

यता साउन महानिम २१ सय ४६ जान तीर्थयात्रीले पाथीभरा दर्शनका लागि पुगेका थिए । साउन महिनामा १० लाख ३९ हजार भेटी सङ्कलन भएको क्षेत्र विकासको तथ्याङ्कमा उल्लेख गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पछिल्लो समय सङ्कलन भएको भेटी तथा दर्शनार्थीको विवरण सङ्कलन गर्दै आएको छ । 

आर्थिक वर्ष २०८१/२०८२ मा पाथीभरा (मुक्कुम्लुङ)मा २ लाख १७ हजार ८७६ तीर्थयात्रीले दर्शन गरेका थिए । जसमा ३ करोड ११ लाख ६४ हजार ६७६ रुपियाँ भेटी सङ्कलन भएको कार्यकारी हाङवाङले जानकारी दिनुभयो । पाथीभरामा नौरथाको सिजनमा तीर्थयात्रीको चाप विगतको वर्षमा उल्लेख्य हुने भएकोले सोही अनुसारको तयारी गर्न लागिएको क्षेत्र विकास समितिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button