गैडहवा तालमा डुबेर दुई युवाको मृत्यु
रुपन्देही। रुपन्देहीको गैडहवा तालमा पौडी खेल्ने क्रममा दुई युवाको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक पुष्प रोकायका अनुसार गैंडहवा गाउँपालिका–१ असिहवाका करिब १७ वर्षीय दीपेश थारु र १८ वर्षीय अरुण थारु बुधबार साँझ डुबेका हुन् ।
दीपेश तालमा डुबेका बेला उनलाई बचाउन अरुण पनि पसेका तर दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले युवाहरु डुबेको देखे पनि तालको उक्त भाग बस्तीभन्दा टाढा जंगलतर्फ भएकाले तत्काल उद्धार गर्न नसकिएको बताएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्