शान्तिको कामनासहित जनकपुरधाममा शान्ति र्याली

जनकपुरधाम । शान्ति, सु–व्यवस्थाको चाहना तथा मानव अधिकारको संरक्षण र सम्मानको कामनासहित जनकपुरधाममा आज शान्ति र्याली निकालिएको छ ।
जनकपुरधामको रामानन्द चोकबाट निस्केको शान्ति र्याली जनकपुरधामको अस्पताल रोड, जानकी चोक, सोनारपट्टी हुँदै जनक चोकमा पुगेर समापन भएको थियो । शान्ति र्यालीमा सहभागी भएकाहरूले कुनै प्रकारको नारा लगाएका थिएन ।
राष्ट्रिय मानव अधिकार आयोगको मधेस प्रदेशको कार्यालय तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा भएको र्यालीमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, युवा तथा पत्रकारहरू सहभागिता रहेको थियो ।
सो क्रममा जेनजी पुस्ताको आन्दोलनको क्रममा शहादत भएकाहरूको आत्माको चीर शान्तिको कामनासहित मैनबत्ती बालिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्