तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारको अपिल चोरी भएका सामान फिर्ता गर्नुहोस्

कास्की । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालैको आन्दोलनका क्रममा चोरी वा हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ। 

२०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा मन्त्रालय, आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबाट सवारी साधन, टिभी, कम्प्युटर सेट, ल्यापटप, स्क्यानर, क्यामेरा, प्रिन्टर, फर्निचरलगायतका सामग्री हराएका वा चोरी भएको प्रदेश सरकारको भनाइ छ।

उपसचिव प्रवीण ढकालद्वारा जारी विज्ञप्तिमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सिसिटिभी फुटेज र अन्य भिडियो विश्लेषण भइरहेको जनाइएको छ। “यदि कसैले यस्ता सामान लिएको वा प्राप्त गरेको भए नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा इमान्दारीपूर्वक बुझाइदिनुहोस्,” सूचनामा भनिएको छ।

सरकारले सामान फिर्ता गर्ने व्यक्तिको पहिचान गोप्य राखिने स्पष्ट गर्दै, नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button