महोत्तरीमा डकैती : धारिलो हतियार प्रहार गरी तीन जना घाइते, लाखौँको लुटपाट

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका वडा-५ बिसनपुर बस्ने मङ्गल महरा र बहादुर महराको घरमा आइतबार राति करिब १२ बजे डकैती भएको हो।
३(५ जनाको समूहमा धारिलो हातहतियार सहित आएको डाँकाहरूले उक्त घरका सदस्यहरू माथि धारिलो हातहतियार प्रहार गरी घाइते बनाई लाखौँ बराबरको गरगहना,सामग्री र रकम लुटपाट भएको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले बताउनुभएको हो।
डाँकाहरूको समूहले मङ्गल महाराको श्रीमती ५० वर्षीय सैलो देवी र छोरी मनिषा कुमारी र छोरा सञ्जीव महरा माथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टे जानकारी दिनुभएका छन् ।
घाइतेहरूको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरी प्रवक्ता भट्टे जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्