लुटपाट गरी लगिएका सामग्री फिर्ता गर्न संघीय संसद् सचिवालयको अनुरोध
काठमाडौँ । संघीय संसद् सचिवालयले संघीय संसद् भवनबाट नयाँबानेश्वरबाट लुटपाट गरी लगिएका भौतिक तथा विद्युतीय उपकरणलगायतका सामग्री फिर्ता गर्न सूचना जारी गरेको छ ।
सचिवालयले संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र भवन परिसरमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिफोन, मोनिटर माइक, मिक्स्चर, फोटोकपी मेसिन लगायतका विद्युतीय उपकरणलगायतका सामग्री फिर्ता गर्न आज सूचना जारी गरेको हो ।
आगजनी तोडफोड र लुटपाटका घटना पश्चात् संघीय संसद् भवनबाट लगिएका सामान फिर्ता गर्न, मालसामान रहेको स्थान तथा व्यक्तिबारे जानकारी भए सूचना दिन, सचिवालयले अनुरोध गरेको छ ।
सामान लगेको भिडियो भएमा उपलब्ध गराई सहयोग गरिदिन आग्रह गर्दै सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्