तपाईँ सुन्दै हुनुहुन्छः

स्थगित एभरेष्ट महिला भलिबल लिग सुरु हुने

काठमाडौँ । स्थगित एभरेष्ट महिला भलिबल लिग ( इडब्लुभी) त्यहीँबाट सुरु हुने भएको छ । यद्यपि कहिलेबाट सुरु हुने भन्ने मिति तय भएको छैन ।

जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि पोखरा भइरहेको इडब्लुभी स्थगित गरिएको थियो । इडब्लुभीकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईँले आइतबार जारी विज्ञप्तिमा आन्दोलनका क्रममा सहादतप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरेकी छिन् ।

१६ खेलमध्ये स्थगित हुनुअघि ९ खेल सम्पन्न भइसकेको थियो । बाँकी ७ खेललाई उपयुक्त समयमा निरन्तरता दिने तयारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बाँकी खेलको नयाँ मिति नेपाल भलिबल संघ, ६ फ्रेन्चाइजी टोली र प्रायोजकसँग समन्वय गरी घोषणा गरिने बताइएको छ । 

लिगका सहभागी सबै टोली काठमाडौँ फर्किसकेका छन् । ११ देशका १८ विदेशी खेलाडी यसअघि नै स्वदेश फर्किसकेका छन् ।

जेनजी आन्दोलनका क्रममा पोखरा निन्जाज, काठमाडौँ स्पाइकर्स तथा आयोजक बसेको होटलमा समेत आगजनी भएको थियो ।

ललितपुर क्विन्स र कर्णाली यशविजले समान ३ खेल जित्दै समान ९ अंक जोडेका छन् । मधेश युनाइटेड र काठमाडौँ स्पाइकर्सले समान ३ अंक, लुम्बिनी लाभाजले २ अंक र पोखरा निन्जाजको अंक छ । लिग चरणमा सबै टोलीले समान ३ खेल खेलिसकेपछि स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button