विभिन्न कारागारबाट फरार ८ कैदीबन्दी बागलुङमा पक्राउ
बागलुङ । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीबन्दी बागलुङमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाल सुधार केन्द्र साराङकोटबाट जबरजस्ती करणीका थुनुवा अभिषेक सुनार, पूर्णलाल विक, कर्तव्य ज्यान मुद्दाका थुनुवा रोजन खत्री र ज्यान मार्ने उद्योगका थुनुवा मिलन परियार बागलुङमा पक्राउ परेका हुन् भने चितवन कारागारमा जबरजस्ती करणकीका कैदी पर्शुराम खत्री, केन्द्रीय कारागारबाट जबरजस्ती करणकीका कैदी टेकबहादुर विक, म्याग्दी कारागारबाट जबरजस्ती करणकीका कैदी जनक पुन र पोखरा कारागारबाट जबरजस्ती करणकीका कैदी बलबहादुर थापा रहेका छन् ।
उनीहरू आन्दोलनका क्रममा फरार भएर बागलुङ आइपुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका चार जना कैदी र चार जना थुनुवालाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको प्रहरी प्रमुख भारतीले जानकारी दिनुभयो ।
बाल सुधार केन्द्र साराङकोटबाट फरार भएका चार जना थुनुवा, चितवन कारागार, केन्द्रीय कारागार, म्याग्दी कारागार र पोखरा कारागारबाट फरार एक–एक जना कैदीलाई बागलुङ आइपुगेका थिए ।
सम्बन्धित कारागारमा सम्पर्क गरेर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई सम्बन्धित कारागार फर्कन प्रहरीले आग्रह गरिसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्