सिसिटिभी फुटेजका आधारमा सिडीयो कार्यालय जलाउने खोज्दै कास्की सिडिओ
कास्की । जेन–जी समूहले भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण कास्की जिल्लाका सरकारी कार्यालयहरू खरानी बनेका छन् । आगजनीपछिका दिनहरूमा अधिकांश कार्यालय अझै सामान्य सेवामा फर्कन सकेको छैन ।

तर, जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी सिडिओ रुद्रादेवी शर्माले अत्यावश्यक सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनु भयो। उहाँका अनुसार कम जोखिम भएका कोठाबाट सेवा पुनः सुरु गरिनेछ ।
‘अत्यावश्यक सेवा सुरु गर्न निर्देशन भएको छ । सोही अनुसार हामीले अनुगमन गरेका छौँ,’ सिडिओ शर्माले भन्नु भयो, ‘चोरी भएका सामान फिर्ता गर्न आह्वान गर्छौं । त्यस्तो नभए, हामीसँग सिसिटिभी फुटेज पनि छ, दोषीलाई कारबाहीको दायरामा ल्याइन्छ ।’
उहाँले कास्की कारागारबाट भागेका कैदीबन्दीलाई फर्काउने प्रक्रिया पनि अघि बढाइएको बताउनु भयो । ‘कारागार मर्मत भइरहेको छ, बिजुली जडान भइरहेको छ । त्यसपछि कैदीबन्दीलाई सम्पर्कमा आउन आह्वान गरिनेछ,’ ।
प्रतिक्रिया राख्नुहोस्