तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापतिद्वारा सम्बोधन, आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।

प्रधानसेनापति सिग्देलले आन्दोलनरत पक्षलाई वार्ताद्वारा समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । आन्दोलनका क्रममा ठुलो जनधनको क्षति भइसकेको हुँदा त्यसको सुरक्षा गर्ने जिम्मेवारी र दायित्व सबैको भएकाले आन्दोलनरत पक्षहरूलाई सबै आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभयो ।

मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button