तपाईँ सुन्दै हुनुहुन्छः

‘जेन जी’ पुस्ताका युवाहरूको प्रदर्शन जारी

काठमाडौँ । सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै आफूलाई ‘जेन जी’ पुस्ता भनिने युवाहरूको समूहले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

 काठमाडौँको माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू बबरमहल हुँदै नयाँ बानेश्वरतर्फ अघि बढेका छन् । उनीहरूले निषेधित क्षेत्र न तोड्ने बताएका छन् तर प्रदर्शनका कारण काठमाडौँको यातायात अस्तव्यस्त बनेको छ । प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । 

आजको प्रदर्शनलाई कतिपय राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाउँदै प्रदर्शनलाई राजनीतिकरण गर्न खोजेको विश्लेषण पनि गर्न थालिएको छ ।

सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका युवाहरूले आफूलाई जेन जी पुस्ताका रुपमा चिनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button