तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । यहाँस्थित पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा५ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैबीचीच काठमाडौँको सिनामङ्गलमा एक व्यक्ति मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित तरकारी बजार नजिकै झाँडीमा अन्दाजी ३२ वर्षीय पुरुष आज मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । निजको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button