२२ औँ निजामती सेवा दिवसको अवसरमा वीरगञ्जमा वृक्षारोपण
वीरगञ्ज । २२ औँ निजामती सेवा दिवस २०८२ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगञ्जको संयुक्त आयोजनामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा मधेश प्रदेश कार्यालयका एसएसपी शान्ती राज कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र, सशस्त्र प्रहरी पर्साका एसपी पूरणचन्द्र भट्ट, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो । अध्यक्ष खेतानका अनुसार कार्यक्रममा करिब १६० वटा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै तिनको दीर्घकालीन संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) समेत जडान गरिएको छ ।
वृक्षारोपण कार्यक्रम पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१६ स्थित बाइपास रोड, वैष्णवी मन्दिर चौक परिसरमा सम्पन्न भएको थियो ।
सामाजिक दायित्व र वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्