जलवायु सङ्कट श्रमजीवी वर्गको साझा मुद्दा हो : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु सङ्कटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताउनुभएको छ ।
माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष प्रचण्डले विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै सङ्कटमा रहेकोले यसको समाधान सही ढङ्गले गर्न सकिएन भने सङ्कट झन् गहिरो हुँदै जाने उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सही उद्देश्यले ल्याइएको भए पनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्