‘विश्वसनीयता, क्षमता, योग्यता र निष्पक्षतामा आयोग प्रतिबद्ध’
धनगढी । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले विश्वसनीयता, क्षमता, योग्यता र निष्पक्षतामा आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ ।
लोक सेवा आयोगको हीरक जयन्तीका अवसरमा आज धनगढीमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले आयोगप्रतिको विश्वासमा वृद्धि हुँदै गएको बताउनुभयो । उहाँले लोक सेवा आयोगले पहिलो पटक सात वटै प्रदेशमा पब्लिक सर्भिस कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले आयोगबाट सञ्चालन हुने परीक्षाको आवेदन भर्न अनलाइन प्रणालीको व्यवस्था गरिएको बताउनुभयो ।
कार्यक्रममा आयोगका पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, जनप्रतिनिधि, युवा विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्