नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने
काठमाडौँ । नेपाल आर्ट काउन्सिल बबरमहलमा ‘रुट एण्ड रिफ्लेक्सन’ विषयक नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने भएको छ ।
काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर र कीर्तिपुर नगरपालिका तथा नेपाल पर्यटन बोर्ड, होटल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजना हुने उत्सवमा इन्द्रजात्रा केन्द्रित कलाकृति समावेश हुने पूर्व अर्थराज्यमन्त्री एवं सांसद उदयशम्शेर राणाले जानकारी दिनुभयो ।
आगामी शुक्रबारदेखि सुरु हुने उक्त उत्सव तीन साता चल्नेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उत्सवको उद्घाटन गर्ने तयारी गरिएको आयोजकको भनाइ छ । उत्सवमा समावेश गरिने कलाकृति उत्कृष्ट र गुणस्तरीय रहनुका साथै सहुलियत मूल्यमा उपलब्ध हुने जानकारी दिइयो ।
नेपाल होटल एसोसिसनका अध्यक्ष विनायक शाहले स्वदेशी नागरिकलाई कला र विदेशीलाई नेपालको कला र संस्कृतिका बारेमा जानकारी दिने उद्देश्यले उत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि उत्सवले योगदान पु¥याउँछ भन्ने हाम्रो ठहर हो ।”






प्रतिक्रिया राख्नुहोस्