तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त राजमार्गको भातकाँडामा पहिरो: सात पहाडी जिल्लाको यातायात ठप्प

डडेल्धुरा । भीमदत्त राजमार्ग अन्तर्गत गन्यापधुरा गाउँपालिका वडा न-१ भातकाँडामा पहिरो खस्दा दुई घण्टा देखि यातायात बन्द भएको छ ।

सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत भातकाँडामा आएको पहिरोले सात पहाडी जिल्लाको आवतजावत ठप्प भएको छ । दुई दिन देखि लगातार परेको वर्षाले भीमदत्त राजमार्ग सँगै अन्य ग्रामीण सडकहरू पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

 जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार बिहान ८ बजे देखि अवरुद्ध बनेको केआईसिह राजमार्गको रडुवामा आएको पहिरोले सडक पूर्णतया अवरुद्ध भएको थियो । अवरुद्ध सडकका कारण डोटी,अछाम र बाजुराका सवारी साधनहरू ठप्प भएका थिए । 

सडक डिभिजन कार्यालय कुलपाते डोटीले पहिरो पन्छाएपछि सडक सुचारु भएको छ भने भाँतकाडामा आएको पहिरो हटाउन नसकिएका कारण सडक अवरुद्ध नै रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

 सडक डिभिजन कार्यालय डोटी र गन्या पधुरा गाउँपालिकाको स्काभेटरले पहिरो पन्छाइरहेको भए पनि अहिले सम्म सडक सुचारु हुन सकेको छैन । डडेल्धुरा,कैलपालमाण्डौं रेल रुमाईल सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

दुई दिन देखि लगातार बर्सात भइरहेकोले खोलानाला आइरहेको र पहिरो खसिरहेकाले सुरक्षित ठाउँमा बसोबास गर्न स्थानीयलाई प्रहरी कार्यालय डडेल्धुराले आग्रह गरेको छ । जिल्लाको भित्री मधेस क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले महाकाली,रगुन र साँदनी खोला किनारका बस्तीहरू सुरक्षित रूपमा बस्नका लागी जिल्ला प्रशासन कार्यालय डडेलधुराले आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button