तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराष्ट्रपति भण्डारी आज बारामा राजनीतिक तथा सामाजिक गतिविधिमा सहभागी

वीरगञ्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज बारा जिल्लामा विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सहभागी बन्नु भएको छ । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घको कार्यक्रममा सहभागी हुन मधेश आउनुभएकी पूर्वराष्ट्रपति भण्डारीले आज बिहानै बाराको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरको दर्शन गर्नुभएको छ । दर्शनका क्रममा उहाँलाई महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव र स्थानीयवासीले भव्य स्वागत गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीसँगै रहनु भएका नेता प्रकाश पौडेलका अनुसार पूर्वराष्ट्रपति भण्डारी आज र भोलि गरी दुई दिन बारामै रहने कार्यक्रम रहेको छ । सो क्रममा वहाँले विभिन्न सामाजिक संघसंस्थाद्वारा आयोजना गरिएका कार्यक्रममा सहभागिता जनाउनुका साथै स्थानीय राजनीतिक नेता तथा कार्यकर्ताहरूसँग भेटघाटलाई पनि प्राथमिकता राख्नुभएको छ ।

गढीमाई मन्दिर दर्शनपछि भण्डारी मदन भण्डारी फाउण्डेसन, बाराले आयोजना गरेको कार्यक्रममा समेत सहभागी हुनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमणले मधेशमा राजनीतिक चासो र संवादको अवसर समेत सिर्जना गरेको स्थानीय विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button