तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर घाइते

वीरगन्ज । वीरगन्ज पथलैया सडक खण्ड अन्तर्गत आज दिउसो बाराको सिमरामा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । 

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा सप्तरी जिल्ला बसबलपुर नगरपालिका वडा नम्बर ७ निवासी २८ वर्षीय महेश पण्डित गम्भीर घाइते भएकोमा निजको उपचारको क्रममा आज अपराह्न ३ बजे वीरगन्ज स्थित एस एल न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी सो दुर्घटनामा गम्भीर घाइते भएका रौतहटको गुजरा गाउँपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय रोशन चौधरीको कलैया अस्पतालमा उपचारको क्रममा आज अपराह्न ३ं ३० बजे मृत्यु भएको बारा प्रहरीले जनाएको छ । 

सो दुर्घटनामा गम्भीर घाइते रौतहटे गुजरा गाउँपालिका वडा नम्बर ७ का३४ वर्षीय भूपेन्द्र चौधरीको एसएल न्युरो अस्पतालमा  उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button