तपाईँ सुन्दै हुनुहुन्छः

निजामती विधेयकमाथिको दफावार छलफल सकियो,समितिमा प्रतिवेदन बन्दै

काठमाडौँ I राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रतिवेदनसहित समितिले विधेयकमाथि दफावार छलफल गरेको हो ।

दफावार छलफल सकिएपनि विधेयकमा रहेका कतिपय विवादित विषय टुङ्गो लागिसकेको छैन ।

नायब सुब्बाको खुला गर्ने र प्रतिशत तोक्ने, ६० वर्षे अवकाश उमेर कार्यान्वयन मोडल कस्तो हुने, करार कर्मचारी र राजनीतिक गतिविधिलगायत विषयको टुङ्गो लाग्न बाँकी छ । 

समितिले विधेयकमा मिल्न बाँकी विषयहरूमा छलफलमा उठेका विषयका आधारमा सामान्य प्रशासन र कानुन मन्त्रालयलाई धारणा ल्याउन निर्देशन दिएको छ । 

टुङ्गो लाग्न बाँकी विषयबारे छलफल गर्न आजै दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

विधेयकका कतिपय दफा तथा उपदफामा टुङ्गो लाग्न बाँकी रहेको भए पनि प्रतिवेदनलाई अन्तिम रूप दिने समयमा टुङ्गो लगाउने सभापति तुलसाकुमारी दाहालले बैठकमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button