खसी–बोका व्यवसायमार्फत बैजनाथ सहकारी लाभान्वित
बाँके।बाँकेको बैजनाथ–४ मा रहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्षको तुलनामा नाफामा उल्लेखनीय प्रगति गरेको छ।
गत वर्ष ५ हजार २०५ रुपैयाँ खुद नाफा कमाएको सहकारीले चालु आर्थिक वर्ष ०८१/८२ मा ६ लाख ३५ हजार ५९५ रुपैयाँ नाफा कमाएको हो। यो नाफा अघिल्लो वर्षको तुलनामा १२२ प्रतिशतले बढी भएको सहकारीले जनाएको छ।
सहकारीले १ हजार ५४५ सदस्यमार्फत १ करोड १२ लाख ८ हजार रुपैयाँ बचत संकलन गरेको छ भने शेयर पुँजी ४२ लाख ३१ हजार ९ सय रुपैयाँ पुगेको छ। सहकारीले यस अवधिमा २४ लाख रुपैयाँ बराबरका खसी–बोका खरिदबिक्री पनि गरेको अध्यक्ष कमला बुढाले जानकारी दिनुभयो।
हाल सहकारीको उठाउन बाँकी ऋण १ करोड ६१ लाख ६० हजार रहेको छ। अघिल्लो वर्ष यस अवधिमा ऋण ९७ लाख, बचत ७३ लाख र शेयर पुँजी २९ लाख रुपैयाँ रहेको थियो।
सहकारीले दैनिक बचत संकलनलाई निरुत्साहित गर्दै गाउँका ८२ वटा बाख्रापालन समूहमार्फत मासिक बैठक सञ्चालन गरेको प्रबन्धक प्रमोद रिजालले बताए। उनका अनुसार सहकारीले पछाडि पारिएका वर्ग, महिला, दलित र जनजातिलाई लक्षित गरी खसी–बोका व्यवसाय, आवश्यक ऋण तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ।
चालु वर्षमा ५ सय सदस्यलाई व्यवसायीक बनाउँदै २ करोड ६० लाख ऋण प्रवाह र ११ लाख नाफा गर्ने लक्ष्य राखिएको प्रबन्धक रिजालले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्