तपाईँ सुन्दै हुनुहुन्छः

संसद्लाई मूल लयमा फर्काउन सभामुख घिमिरेको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले सबै सांसदहरूलाई संवादको वातावरण तयार गरी संसद्लाई मूल लयमा फर्काउन आग्रह गर्नुभएको छ । 

प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख घिमिरेले आफूले सहमतिका लागि सबै पहल र संवादको मार्ग अपनाएको भए पनि भिजिट भिसा प्रकरणमा आन्दोलनरत दल र सरकारबिच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले सभाको बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक साबित हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि सङ्घीयतासँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा अहिले सदन रहेको भन्दै सभामुख घिमिरेले समितिहरूमा जस्तै सभामा पनि सबै विधेयकहरूमा सबै सांसदहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button