तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा पहिलो पटक एपेन्डिसाइटीसको सफल शल्यक्रिया

बाजुरा । जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटीसका बिरामीको सफल शल्यक्रिया गरीएकाे छ । 

अस्पताल बाजुरामा एमडिजिपी डाक्टर आषिश कार्की आए सँगै एपेन्डिसाइटीस र फिमोसिस् बिरामीको सफल शल्यक्रिया भएको हो। अस्पतालमा उपचाररत रहेकी बुढिगंगा नगरपालिका वडा नम्बर-४ कि १४ बर्सिया निलम नेपालीको एपेन्डिसाइटीसको शल्यक्रिया गरिएको हो। भने बडिमालिका नगरपालिका वडा नम्बर-५ मनाका १९ बर्सिया विमल साउदको फिमोसिसको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले जानकारी दिनुभयो ।

शल्यक्रियाअघि दुवै बिरामी केही दिन यता थला परेका थिए। ४८ घण्टाभित्र उपचार नहुँदा एपेन्डिसाइटीसको अवस्था क्रिटिकल हुने सम्भावना रहेको डाक्टर यादवले बताउनुभयो।

प्रायजसो किशोर किशोरीलाई हुने यो रोग कहिलेकाहीँ किशोर किशोरीका अङ्ग सुनिने गर्छन्। यसलाई ४८ घण्टा भित्र काटेर फाल्नु पर्ने हुन्छ । बाजुरामा विगत लामो समय देखि उक्त सुविधा नहुँदा जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो।

अस्पतालमा विगत लामो समयदेखि यस्तो सुविधा नभएकाले बिरामीहरू जिल्लाबाहिर रेफर हुनुपर्ने बाध्यता थियो। तर अहिले जिल्लाभित्रै शल्यक्रिया भएपछि बिरामीले आर्थिक र शारीरिक दुवै सहजता पाएका छन्।

अबदेखि जिल्लामा एमडिजिपी डाक्टरको उपस्थितिमा एपेन्डिसाइटीस, हर्निया, अण्डकोष सुन्नु, गाँठो र अन्य पेटका बिरामीको शल्यक्रिया जिल्लाभित्रै गरिने अस्पतालले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button