बाजुराको बिच्छ्या सडक सञ्जालमा जोडिँदै
बाजुरा। बाजुराको सर्वाधिक विकट क्षेत्र मानिने हिमाली गाउँपालिकाको बिच्छ्या सडक सञ्जालसँग जोडिन थालेको छ।
भौगोलिक दृष्टिले साबिकका गाविस मध्ये जिल्लाकै ठुलो मानिने बिच्छ्याको मैतार्ना गाउँ यसअघि नै सडक सञ्जालमा जोडिसकेको छ। सडक मैतार्नासम्म पुगेपछि गाउँपालिकाको वडा नम्बर १ र ३ का बस्तीहरूमा आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको छ।

पहिला गाउँबाट गाउँपालिकाको केन्द्र धुलाचौर पुग्न दिनभर पैदल यात्रा गर्नुपर्ने अवस्था थियो। तर, अहिले भने गाडी चढेर करिब दुई घण्टामै पुग्न सकिने भएपछि गाउँमै गाडी चढ्ने स्थानीयको सपना साकार भएको छ।
“गाउँबाटै गाडी चढ्न पाउँदा अत्यन्तै खुसी भएका छौँ,”भने यो सपना जस्तै लागिरहेको छ स्थानीय राज थापाले भन्नुभयो।
हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार अबको एक हप्ताभित्र बिच्छ्या सडक सञ्जालमा पूर्ण रूपमा जोडिनेछ। “९५ प्रतिशत सडक निर्माणको काम सकिएको छ, ।

बिच्छ्या सडक सञ्जालमा जोडिए सँगै सम्भवतः बाजुराका प्राय सबै गाउँ सडकको पहुँचमा पुग्नेछन्।भने शिक्षा, स्वास्थ्य,पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
प्रतिक्रिया राख्नुहोस्