तपाईँ सुन्दै हुनुहुन्छः

भगवती क्लबद्वारा हिमालयन शेर्पा क्लब पराजित

काठमाडौँ । श्री भगवती क्लबले एन्फा यु–१६ यूथ लिगमा सोमबार हिमालयन शेर्पा क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १५ खेलमा १७ अङ्क जोडेको श्री भगवती आठौँ स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा समान खेलबाट १६ अङ्कका साथ नवौँ स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा श्री भगवतीलाई जित दिलाउन निशान थनेट र अनिल परियारले गोल गरे । हिमालयन शेर्पाका लागि जेनिल सुब्बाले गोल गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button