काभा यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली प्रशिक्षकमा राई
काठमाडौँ । नेपाल भलिबल सङ्घले सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला च्याम्पियनसिपका नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी कुमार राईलाई सुम्पिएको छ ।
नेपाली घरेलु प्रतियोगिताका सफल प्रशिक्षकमध्ये एक राईले यसअघि पनि उमेर समूहमा नेपाली टोलीको प्रशिक्षण सम्हालिसकेका छन् ।
घरेलु प्रतियोगितामा न्यु डायमन्ड स्पोर्टस क्लबको प्रशिक्षण सम्हालिरहेका राई एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा कर्णाली याश्विसको नेतृत्व गरिरहेका छन् । कर्णाली पहिले पहिलो संस्करणमा उपाधि जितेको थियो ।
सङ्घले बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरिसकेको छ । राष्ट्रिय टोली निर्माणका लागि शुक्रवार र शनिवार खेलाडी छनोट कार्यक्रम सञ्चालन गरिएको थियो । टोलीको बन्द प्रशिक्षण असोज १ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सुरु हुनेछ । काभा यु–१९ महिला च्याम्पियनसिप कार्तिक १७ देखि २४ सम्म श्रीलङ्कामा हुँदै छ ।
प्रतिक्रिया राख्नुहोस्