तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक अभावमा अपाङ्ग बालआश्रम, सहयोग गर्न आग्रह

झापा । अर्जुनधारा नगरपालिका–६ कप्तानबाडीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आर्थिक अभाव भएको छ । अभिभावकविहीन बालबालिकाको भरण पोषण एवं शिक्षाका लागि  दातामा निर्भर केन्द्रले सहायताका निम्ति याचना गरेको छ ।

केन्द्रमा आश्रित पाँच बालिकासहित १४ जना बालबालिकाका लागि मासिक रु ६५ हजारभन्दा बढी खर्च हुने गरेको केन्द्रका अध्यक्ष कृष्ण दुलालले बताउनुभयो । “दाताहरूले दयापूर्वक दिने सहयोग नै बालबालिकाहरूको बाँच्ने आधार हो”, अध्यक्ष दुलालले भन्नुभयो, “अपुग साधन र स्रोत मागेर व्यवस्थापन गर्दै आएका छौँ ।” साथै उहाँले सहयोगका निम्ति अनुरोध गर्नुभएको छ ।

केन्द्रका चार जना बालबालिका शौचालयसमेत जान नसक्ने अवस्थाका छन् भने कतिपय ह्विलचियर र वैशाखीको सहायतामा हिँडडुल गर्छन् । अर्जुनधारा नगरपालिकाले मासिक रु पाँच हजार सहयोग दिनेबाहेक संस्थाको अरू नियमित आय छैन । आश्रित बालबालिकामध्ये शारीरिक अपाङ्गता भएका चार जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button