लिल क्लाउड को नयाँ र्याप गीत “बेबी गर्ल”सार्वजनिक
काठमाडौँ । र्यापर लिल क्लाउड को नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ।
पछिल्लो समय नेपाली दर्शक र्यापलाई रुचाउँदै आएका छन्। यही बीचमा रिलिज भएको ‘बेबी गर्ल’ मा प्रियाना आचार्य ‘मुन्नी’ र निमेष जंग थापा फिचर्ड रहेका छन्। निमेशले नै कोरियोग्राफी गरेको भिडियो आकर्षक बनेको छ। प्रियानालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ। उनले पहिलोपटक आफु बिकिनीमा प्रस्तुत भएको र दर्शकले यो कोसिसलाई मन पराउने अपेक्षा राखेकी छिन्।
भिडियोमा प्रियाना र निमेशको साथमा अलिशा पराजुली, रामेश्वर खड्का, श्याम श्रेष्ठ लगायतका कलाकार प्रस्तुत रहेका छन्। एस खेतान र पुनम अग्रवालले निर्माण गरेको भिडियोलाई पी माधवाले निर्देशन गरेका छन्। फ्रिक स्ट्रीट डाएरिसको युट्युब च्यानलमा रिलिज भएको गीतलाई रोमन मार्सले खिचेका छन्।
प्रतिक्रिया राख्नुहोस्