तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला च्याम्पियनसिप नेपाल भारतसँग पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ । 

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई-दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन् ।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन् । जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन् । अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button