प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ ।
आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको भएपनि स्वास्थ्यका कारण बैठकमा उहाँ उपस्थित हुन नसक्ने जानकारी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा गराउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्