गीतकार नारायण खतिवडाको ‘तीज बरि लै’ सार्वजनिक
काठमाडौँ । गीतकार नारायण खतिवडाले तीज पर्वलाई लक्षित गर्दै नयाँ गीत ‘तीज बरि लै’ सार्वजनिक गर्नुभएको छ। गीतमा परम्परागत शैलीलाई आधुनिक सङ्गीतसँग संयोजन गरिएको छ।
गीतकार खतिवडाको शब्दमा बनेको यस गीतमा सङ्गीत संयोजन र कम्पोज मनोज साङ्सनले गर्नुभएको छ। स्वरमा मनोज साङ्सन र सुरेश राई छन् भने मिक्सिङ र मास्टरिङ राजु कार्कीले गर्नुभएको हो।
गीतले तीज पर्वमा नारीको सौन्दर्य, एकता र उत्साहलाई उजागर गर्दै रमाइलो, नाचगान र प्रेमको भावनालाई प्रस्तुत गरेको छ। भिडियो निर्देशन खतिवडाले आफैँ गर्नुभएको छ।






प्रतिक्रिया राख्नुहोस्