प्रधानमन्त्री ओलीद्वारा रघुनाथपुर-सुन्दरपुर सडक कालोपत्रेकाे शिलान्यास
बर्दिबास । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीमा रघुनाथपुर-सुन्दरपुरसडक कालोपत्रेकाे शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर ८.३८४ किलोमिटर कालोपत्रे सडकको शिलान्यास गर्नुभएको हो ।

विश्व बैङ्कको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ बजेटको टेन्डर हुँदा ढुकुछु निर्माण कम्पनी प्रा.लिसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा भ्याट सहितको बजेटमा २०८३ चैत्र ११ गते सम्म सडक निर्माण गर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले बताउनुभयो ।
मधेश प्रदेशमा २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोड्ने गरी सञ्चालन हुन लागेको योजनाअन्तर्गत रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर निर्माण हुन लागेको मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्