तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध कारोबारी नियन्त्रणका क्रममा प्रहरीको गोली, एक घाइते

नेपालगञ्ज । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन नेपालगन्जमा प्रहरीले गोली चलाएको छ ।

गोली लागेर एक जना घाइते भएका छन् । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी नायब निरीक्षक नवीन शाही पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शाहीमाथि चक्कु र सिसाको बोतल प्रहार भएको बताइएको छ ।

बसपार्क क्षेत्रमा लागु औषधका कारोबारी समात्न पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले प्रतिकारमा गोली चलाउनु परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताउनुभयो । घाइते व्यक्तिको पहिचान खुलाइएको छैन । घाइतेलाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको छ ।

लागू औषध कारोबारीमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button