राष्ट्रिय समावेशी अयोगको छैठौँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
काठमाडौँ । राष्ट्रिय सभामा राष्ट्रिय समावेशी अयोगको आर्थिक वर्ष २०८०/०८१ को छैठौँ वार्षिक प्रतिवेदन पेश भएको छ ।
सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समावेशी अयोगको आर्थिक वर्ष २०८०/०८१ को छैठौँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले गरेको सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन सभा समक्ष टेबुल गर्नुभयो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा टेबुल भएको उक्त प्रतिवेदन सरकारको उपस्थितिमा सभामा छलफल हुने जानकारी गराउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ ३ गते मङ्गलवार १ः १५ मा बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्